• १५ असोज २०८३, बिहीबार
  • ४ः४१ बेलुका

बजेटमाथिका प्रश्नको जवाफ प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले दिने

प्रकाशित मिति

२०८३ असार ४ गते, बिहीबार ०१:२०

४ असार २०८३ काठमाडौं – आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन्। रक्षा मन्त्रालय प्रधानमन्त्रीले नै सम्हालिरहेकाले सो मन्त्रालयसँग सम्बन्धित बजेट छलफलका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने भए पनि अब उक्त जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिइएको छ।

National Life

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकहरूमा उठेका प्रश्नहरूको जवाफ पनि अर्थमन्त्री वाग्लेले नै दिने भएका छन्।

यसअघि पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले नै संसद्मा जवाफ दिएका थिए। बजेटमाथिको छलफलमा पनि सोही अभ्यास दोहोरिन लागेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ पनि आजै संसद्मा दिने कार्यसूची रहेको छ।

प्रतिकृया