• १५ असोज २०८३, बिहीबार
  • ३ः५० दिउँसो

हर्क साम्पाङको सवारी चालक अनुमति पत्र रद्द भएको भेटियो

प्रकाशित मिति

२०८३ असार ४ गते, बिहीबार ०१:३६

४ असार २०८३ काठमाडौं – प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) रद्द भइसकेको भेटिएको छ। यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेखअनुसार साम्पाङले २०७१ पुस ६ पछि आफ्नो लाइसेन्स नवीकरण नगरेको पाइएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५७ अनुसार निर्धारित समयभित्र नवीकरण नभए चालक अनुमति पत्र स्वतः रद्द हुने व्यवस्था रहेको छ।

National Life

प्रहरी प्रधान कार्यालयका अनुसार उनले २०७३ पुस १२ मा म्याद समाप्त भएको लाइसेन्स हालसम्म नवीकरण नगरेको देखिएको छ। म्याद समाप्त भएको अवधिभित्र जरिवाना तिरेर नवीकरण गर्नुपर्ने व्यवस्था भए पनि सो प्रक्रिया पूरा नगरेको बताइएको छ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले यस विषयमा थप छानबिन र कानुनी परामर्श भइरहेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि जेठ २९ मा उदयपुर गढी गाउँपालिका क्षेत्रमा मोटरसाइकल लापरबाहीपूर्वक चलाएको घटनामा पनि उनलाई ट्राफिक प्रहरीले कारबाही गरेको थियो।

प्रहरीका अनुसार साम्पाङले सन् २००६ मा इटहरीबाट नयाँ लाइसेन्स लिएका थिए र २०१४ पछि नवीकरण नगरेको पाइएको हो।

प्रतिकृया