• १५ असोज २०८३, बिहीबार
  • ४ः४१ बेलुका

एआई र आईटीको जिम्मेवारी प्रधानमन्त्री मातहत राखिएको गुनासो : मन्त्री पुन

प्रकाशित मिति

२०८३ असार ४ गते, बिहीबार ०१:४८

४ असार २०८३ काठमाडौं – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रधानमन्त्री बालेन शाहले सूचना प्रविधि (आईटी) र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सबै जिम्मेवारी आफ्नो मातहत राखेको गुनासो गरेका छन्। प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पुनले यस्तो गुनासो गरेका हुन्।

National Life

उनका अनुसार पहिले सञ्चार मन्त्रालयअन्तर्गत रहेको आईटी तथा एआईसम्बन्धी जिम्मेवारी अहिले प्रधानमन्त्री मातहतमा सारिएको छ। उनले भने, “यो विषय एक्लै होइन, सबैले मिलेर अघि बढाउनुपर्ने हो।”

मन्त्री पुनले सरकारले एआई र आईटीको अधिकतम उपयोग गर्दै देशको विकासलाई अघि बढाउने लक्ष्य राखेको पनि बताए। नयाँ स्थापना भएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि करिब चार अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै उनले यो कुल बजेटको करिब एक प्रतिशत हिस्सा भएको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

उनले मन्त्रालयको इतिहासबारे चर्चा गर्दै यसअघि पनि विभिन्न स्वरूपमा रहेको मन्त्रालय अहिले छुट्टै संरचनामा पुनः स्थापित भएको उल्लेख गरे। मन्त्री पुनले विगतमा मन्त्रालयको उचित व्यवस्थापन हुन नसकेको भन्दै अब नयाँ ढंगले काम गर्नुपर्ने आवश्यकता रहेको बताए।

प्रतिकृया