• १५ असोज २०८३, बिहीबार
  • ४ः४१ बेलुका

भारतको अवरोधपछि नेपाली चिया निर्यात संकटमा, पूर्वका उद्योगहरू आजदेखि बन्द

प्रकाशित मिति

२०८३ असार ४ गते, बिहीबार ०२:०४

४ असार २०८३ काठमाडौं – भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वी नेपालका चिया उद्योगहरू बन्द हुन थालेका छन्।नेपाल चिया उत्पादक संघका अनुसार १ असारदेखि इलामका ५६ उद्योग बन्द भइसकेका छन् भने आजदेखि झापाका ३० भन्दा बढी चिया उद्योग र करिब दुई दर्जन चिया बगान पूर्ण रूपमा बन्द भएका छन्।

National Life

संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार चिया गोदाममै थन्किएपछि र सरकारबाट प्रभावकारी कूटनीतिक पहल नहुँदा व्यवसायीहरू उद्योग बन्द गर्न बाध्य भएका हुन्। निर्यात ठप्प हुँदा गोदाम भरिएको र मजदुर तथा कर्मचारीलाई तलब दिनसमेत कठिन भएको व्यवसायीहरूको भनाइ छ।

झापा नेपालकै सबैभन्दा ठूलो चिया उत्पादन जिल्ला हो, जहाँ वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको चिया कारोबार हुने गरेको छ। कुल उत्पादनमध्ये करिब ५ अर्ब रुपैयाँभन्दा बढीको चिया भारतमा निर्यात हुँदै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

निर्यात अवरुद्ध हुँदा करिब ६० हजार श्रमिक, कर्मचारी र किसानको रोजीरोटीमा प्रत्यक्ष असर परेको बताइएको छ।

यसैबीच प्रतिनिधिसभामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले चिया तथा अन्य कृषि उपजको निर्यात समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गरिरहेको बताएकी छन्।

प्रतिकृया