• १५ असोज २०८३, बिहीबार
  • ४ः४० बेलुका

ईभी आयातमा कर छलीको छानबिन समिति गठन गर्न एमालेको माग

प्रकाशित मिति

२०८३ असार ४ गते, बिहीबार ०१:१२

४ असार २०८३ काठमाडौं – विपक्षी दल नेकपा एमालेले विद्युतीय सवारी (ईभी) आयातमा कर छली भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले बजेट निर्माणको पूर्वसन्ध्यामा कर दर हेरफेर गरी ईभी गाडी आयात गरिएको भन्दै छानबिन आवश्यक रहेको बताए।

National Life

उनले कर दर हेरफेरका कारण राज्यलाई नोक्सानी भएको दाबी गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गरे। सांसद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धमा दिएको भनिएको अभिव्यक्तिलाई ‘राष्ट्रघात’को संज्ञा दिँदै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे।

उनले सरकारका मन्त्रीहरूको अभिव्यक्तिप्रति पनि आपत्ति जनाउँदै कर्मचारीमाथि धम्कीपूर्ण व्यवहार र अपशब्द प्रयोग बढेको भन्दै आलोचना गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया