• १५ असोज २०८३, बिहीबार
  • ४ः३९ बेलुका

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको वेल घेराउ, सभामुखद्वारा सचेत

प्रकाशित मिति

२०८३ असार ३ गते, बुधबार ०२:०६

३ असार २०८३ काठमाडौं – श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै विरोध जनाएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयगत शीर्षकमा छलफल जारी रहेका बेला सम्बन्धित मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिइरहेका थिए।

National Life

यस क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले मन्त्रीको जवाफपछि थप स्पष्टीकरण माग्ने प्रयास गरेका थिए। तर सभामुख डोलप्रसाद अर्यालले संसदीय कार्यविधिअनुसार उनलाई बोल्न अनुमति दिएनन्।

सभामुखले रोक लगाएपछि श्रम संस्कृति पार्टीका सांसदहरू विरोधस्वरूप बैठकको वेलमा पुगेर घेराउमा उत्रिएका हुन्। स्थिति तनावपूर्ण बनेपछि सभामुख अर्यालले सांसदहरूलाई संसदीय मर्यादा र नियमको पालना गर्न आग्रह गर्दै सचेत गराएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

‘सभामुखको आदेशको पालना गर्नुपर्ने सबै माननीय सदस्यहरूको कर्तव्य हो। कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका सबै माननीयहरूलाई सचेत गराउँदछु,’ सभामुख अर्यालले बैठकमा भने। वेल घेराउका बीच पनि प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल भने जारी रहेको थियो।

प्रतिकृया