प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
प्रकाशित मिति
२०८३ असार ३ गते, बुधबार ०९:२८
३ असार २०८३ काठमाडौं – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।
संसद् सचिवालयका अनुसार युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बजेट शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले स्पष्टीकरण दिनेछन् ।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको पनि मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटमाथि प्रतिनिधिसभामा जारी छलफलका क्रममा सांसदहरूले विभिन्न मन्त्रालयका कार्यक्रम, बजेट विनियोजन तथा कार्यान्वयनसम्बन्धी विषयमा प्रश्न उठाएका छन् । आजको बैठकमा ती प्रश्नहरूको जवाफपछि सम्बन्धित मन्त्रालयका बजेट शीर्षकमाथिको छलफल अगाडि बढाइनेछ ।





प्रतिकृया