• १५ असोज २०८३, बिहीबार
  • ५ः२० बेलुका

प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन हर्क साम्पाङको पुनः माग

प्रकाशित मिति

२०८३ असार १ गते, सोमबार १२:२१

१ असार २०८३ काठमाडौं – श्रम संस्कृति पार्टीले सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दिएको अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउन पुनः माग गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले उक्त माग दोहोर्‍याएका हुन् ।

National Life

उनले सभामुखलाई लक्षित गर्दै भने, “प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो । सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ होला भनेर हामी व्यग्र पर्खिरहेका छौं ।”

प्रधानमन्त्री बालेनले गत जेठ १७ गते प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा सीमा विवादबारे अभिव्यक्ति दिएका थिए । सो क्रममा उनले नेपालले पनि भारतको केही भूभाग मिचेको आशय व्यक्त गरेको भन्दै विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त अभिव्यक्तिपछि संसद् र राजनीतिक वृत्तमा बहस सुरु भएको छ । विपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइ तथ्यगत रूपमा विवादास्पद रहेको दाबी गर्दै संसदीय अभिलेखबाट हटाउन माग गरिरहेका छन् भने यस विषयमा सभामुखको निर्णयको प्रतीक्षा भइरहेको छ ।

प्रतिकृया