• २८ जेठ २०८३, बिहीबार
  • १:३० बिहान

नेप्सेमा सामान्य सुधार, ४ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार

प्रकाशित मिति

२०८३ जेष्ठ २७ गते, बुधबार ०३:०९

२७ जेठ २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार सामान्य अंकले बढेको छ। आज नेप्से २.५७ अंकले उकालो लाग्दै २७२६.१७ बिन्दुमा पुगेको हो।

कारोबार दिनभर ३५६ कम्पनीका ९२ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब २९ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Kamana Sewa

आज १३ वटा उपसूचकमध्ये ७ उपसूचकमा सुधार देखिएको छ भने ६ उपसूचक घटेका छन्। मिश्रित बजार अवस्थाबीच लगानीकर्ताको सक्रिय सहभागिता देखिएको हो।

Classic Tech Desktop

कारोबार भएका कम्पनीमध्ये १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको मूल्य घटेको छ। यस्तै १० कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ। बजारमा सामान्य सुधार देखिए पनि अधिकांश कम्पनीको मूल्य घटबढ मिश्रित रहेकाले लगानीकर्ताहरू अझै प्रतीक्षाको अवस्थामा रहेको विश्लेषकहरूको भनाइ छ।

प्रतिकृया