• ५ असोज २०८३, सोमबार
  • ३ः४३ दिउँसो

सुनको मूल्यमा एकैदिन १० हजार १०० रुपैयाँको गिरावट

प्रकाशित मिति

२०८३ जेष्ठ २७ गते, बुधबार १०:५५

२७ जेठ २०८३ काठमाडौं –  नेपाली बजारमा सुनको मूल्यमा बुधबार भारी गिरावट आएको छ। एकै दिन प्रतितोला १० हजार १०० रुपैयाँले घट्दै सुनको भाउ दुई लाख ९१ हजार ८०० रुपैयाँमा झरेको हो।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य उल्लेख्य रूपमा घटेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर चार हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सुन र चाँदी दुवैको मूल्यमा आएको गिरावटले गहना खरिदकर्तालाई केही राहत पुगेको व्यवसायीहरूको भनाइ छ। बजारमा आगामी दिनमा अन्तर्राष्ट्रिय मूल्यको अवस्थाअनुसार बहुमूल्य धातुको भाउ थप घटबढ हुन सक्ने अनुमान गरिएको छ।

प्रतिकृया