• ५ असोज २०८३, सोमबार
  • ४ः२३ बेलुका

दल त्याग गरेपछि एमालेका ८ वडाध्यक्ष पदमुक्त(सूचीसहित)

प्रकाशित मिति

२०८३ जेष्ठ २७ गते, बुधबार ११:५८

२७ जेठ २०८३ काठमाडौं –  निर्वाचन आयोगले नेकपा (एमाले) बाट निर्वाचित ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ। स्थानीय तह निर्वाचन २०७९ मा एमालेको तर्फबाट निर्वाचित उनीहरूले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेपछि आयोगले पद रिक्त गर्ने निर्णय गरेको हो।

National Life

एमालेको केन्द्रीय सचिवालयले सम्बन्धित जनप्रतिनिधिहरूले दल त्याग गरेको निर्णयको प्रतिलिपिसहित आयोगलाई जानकारी गराएपछि आयोगले कानुनी व्यवस्था अनुसार उनीहरूको पद रिक्त भएको घोषणा गरेको जनाएको छ।

आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम मंगलबार बसेको आयोग बैठकले उक्त निर्णय गरेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

पदमुक्त हुने वडाध्यक्षहरूमा ओखलढुंगाको मोलुङ गाउँपालिका–१ का कमलबहादुर बानियाँ, मोलुङ–६ का कमल तामाङ, चम्पादेवी गाउँपालिका–७ का सुरेश कुमार थापा, पाल्पाको माथागढी गाउँपालिका–१ का राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका–७ का होमप्रसाद बजगाईं, मोरङको लेटाङ नगरपालिका–४ का रामकुमार श्रेष्ठ, रंगेली नगरपालिका–१ का महेश कुमार खनाल तथा दाङको घोराही उपमहानगरपालिका–४ का मधुसूदन शर्मा रहेका छन्।

आयोगका अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहका यी वडाध्यक्षहरूले दल परिवर्तन गरेपछि उनीहरूको निर्वाचित पद स्वतः रिक्त भएको हो।

प्रतिकृया