• ६ असोज २०८३, मंगलबार
  • १ः०४ दिउँसो

निर्धारित समयमा सुरु हुन नसकेपछि प्रतिनिधिसभा बैठक २ बजेका लागि सारियो

प्रकाशित मिति

२०८३ जेष्ठ २७ गते, बुधबार ०१:२२

२७ जेठ २०८३ काठमाडौं – निर्धारित समयमा सुरु हुन नसकेपछि प्रतिनिधिसभाको बैठक दुई घण्टा पर सारिएको छ। बिहान ११ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश बस्न नसकेपछि अब दिउँसो २ बजे बस्ने गरी समय परिवर्तन गरिएको हो।

National Life

संघीय संसद् सचिवालयका अनुसार सभामुखको निर्देशनमा बैठकको समय सारिएको हो। महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ अनुसार बैठकको समय परिवर्तन गरिएको उल्लेख छ।

सूचनामा भनिएको छ, “बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले आजै दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको छ।”

Classic Tech Mobile
Classic Tech Desktop

निर्धारित समयमा बैठक सुरु हुन नसकेपछि संसद् भवनमा उपस्थित सांसदहरू प्रतीक्षामा रहेका थिए। बैठक स्थगित हुनुको कारण भने सार्वजनिक गरिएको छैन।

प्रतिकृया