जथाभावी संसदीय छानबिनको माग नगर्न विपक्षीलाई अर्थमन्त्री वाग्लेको आग्रह
प्रकाशित मिति
२०८३ जेष्ठ २७ गते, बुधबार ०१:२८
२७ जेठ २०८३ काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षी दलहरूलाई जथाभावी संसदीय छानबिनको माग नगर्न आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले संसदीय छानबिनलाई हल्का रूपमा प्रयोग गर्न नहुने भन्दै आपत्ति जनाए।
“जथाभावी संसदीय छानबिन ! के संसद् त्यति सस्तो भयो ? संसदीय छानबिन भन्नलाई” उनले भने। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले उठाएको प्रश्न र आफ्नो राजीनामा मागबारे जवाफ दिँदै उनले छानबिनको औचित्यमाथि पनि टिप्पणी गरे।

उनले सांसदहरूको दैनिकी उदाहरण दिँदै भने, “माननीय सांसदहरू बिहान उठ्नुभयो, नुहाइधुवाइ गर्नुभयो, चिया खानुभयो, गाडी चढेर आउनुभयो छानबिनले पत्ता लगाउने त त्यही हो।”

अर्थमन्त्री वाग्लेले छानबिन समिति गठन गर्नुपर्ने अवस्था गम्भीर प्रमाण र कानुनी आधारमा मात्रै हुनुपर्ने भन्दै अहिले उठाइएका मागहरू अतिरञ्जित भएको दाबी गरे।
यसअघि विपक्षी दलहरूले करको दर हेरफेर र सूचना चुहावटको आरोप लगाउँदै अर्थमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन्। अर्थमन्त्रीले भने आरोप अस्वीकार गर्दै छानबिन आवश्यक पर्ने कुनै आधार नभएको स्पष्ट पारेका छन्।




प्रतिकृया