• २६ भदौ २०८३, शुक्रबार
  • २ः०५ दिउँसो

रास्वपाको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन र गृहमन्त्री अनुपस्थित

प्रकाशित मिति

२०८३ श्रावण १३ गते, बुधबार ०९:४९

१३ साउन २०८३ काठमाडौं – सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छैनन्।

National Life

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु भएको बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपाका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओली तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका शीर्ष नेताहरू सहभागी छन्।

सुनसरीमा एक जनाको ज्यान जाने गरी भएको घटनापछि सरकारको आलोचना भइरहेको तथा तराई–मधेशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका बेला सरकारका मुख्य जिम्मेवार नेतृत्व बैठकमा अनुपस्थित रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरी घटनापछि सामाजिक सद्भाव कायम राख्न, द्वेष फैलिन नदिन र शान्ति–सुरक्षाका पक्षमा राजनीतिक तहबाट साझा सन्देश दिन सर्वदलीय छलफल आयोजना गरिएको बताएका छन्।

प्रतिकृया