• २६ भदौ २०८३, शुक्रबार
  • ३ः१० दिउँसो

दरबार हत्याकाण्डबारे थप छानबिन निर्णयलाई वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत

प्रकाशित मिति

२०८३ जेष्ठ २७ गते, बुधबार ०१:५५

२७ जेठ २०८३ काठमाडौं – सरकारले नारायणहिटी दरबार हत्याकाण्डबारे थप छानबिन गर्ने निर्णय गरेकोप्रति स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले स्वागत जनाएको छ। प्रतिष्ठानले बुधबार जारी गरेको प्रेस वक्तव्यमा गृहमन्त्री सुधन गुरुङले मंगलबार मन्त्रालयको कार्यभार सम्हाल्दै गरेको उक्त निर्णयप्रति आभार प्रकट गरिएको छ।

National Life

प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल र महासचिव रञ्जित धमलाद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ कि स्थापनाकालदेखि नै दरबार हत्याकाण्डको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गर्दै आएको सन्दर्भमा नयाँ निर्णय सकारात्मक रहेको छ।

वक्तव्यमा यो कदमलाई “साहसिक, सराहनीय र स्वागतयोग्य” भन्दै यसले विधिको शासन, न्याय र इतिहासप्रतिको उत्तरदायित्वलाई बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

गृहमन्त्री गुरुङले २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डबारे यसअघि भएका अनुसन्धान प्रतिवेदनको अध्ययन गरी थप छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेका थिए। सोही निर्णयअनुसार नयाँ छानबिन आयोग गठन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग पनि प्रतिष्ठानले गरेको छ।

प्रतिष्ठानले इतिहासको सत्य ढाकछोप गर्न नसकिने भन्दै निष्पक्ष र वैज्ञानिक ढंगले छानबिन हुनुपर्ने धारणा राखेको छ। साथै, यो प्रक्रियामा आफूहरूले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ।

प्रतिकृया