DGO ले ल्यायो रु. ५४९ को मोबाइल पास, फिफा विश्वकप २०२६ का सबै खेल मोबाइलमै
प्रकाशित मिति
२०८३ जेष्ठ २७ गते, बुधबार १२:१६
काठमाडौं । फिफा विश्वकप २०२६™ को प्रत्यक्ष प्रसारणलाई लक्षित गर्दै डिजिटल स्ट्रिमिङ प्लेटफर्म DGO ले विशेष ‘मोबाइल पास’ सार्वजनिक गरेको छ। कम्पनीले मात्र रु. ५४९ मा विश्वकपका सबै १०४ खेल मोबाइलमै हेर्न सकिने जनाएको छ।
DGO का अनुसार दर्शकहरूले एपमार्फत सिधै पास खरिद गरी नेपाली तथा अंग्रेजी कमेन्टरीसहित १०८०p फुल एचडी गुणस्तरमा खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।

कम्पनीले मोबाइल पास खरिद प्रक्रिया सहज बनाइएको जनाएको छ। प्रयोगकर्ताले केही क्लिकमै DGO एपबाट पास सक्रिय गर्न सक्ने व्यवस्था गरिएको छ।

DGO का प्रवक्ताले नेपाली दर्शकलाई सहज, सुरक्षित र गुणस्तरीय खेल हेर्ने अनुभव प्रदान गर्ने उद्देश्यले मोबाइल पास ल्याइएको बताए। उनका अनुसार दर्शकहरूले कुनै तेस्रो पक्ष वा अनधिकृत लिङ्कको भर नपरी आधिकारिक प्लेटफर्मबाटै विश्वकपको आनन्द लिन सक्नेछन्।
यसैबीच, कम्पनीले अनलाइनमा उपलब्ध ‘फ्रि स्ट्रिमिङ’ वा शंकास्पद एपहरूबाट सावधान रहन आग्रह गरेको छ। यस्ता प्लेटफर्महरूले प्रयोगकर्ताको व्यक्तिगत तथा बैंकिङ जानकारीमा जोखिम निम्त्याउन सक्ने भन्दै DGO ले आधिकारिक एपमार्फत मात्र सेवा लिन अनुरोध गरेको छ।




प्रतिकृया