• २३ जेठ २०८३, शनिबार
  • १२:५१ बेलुका

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ जेष्ठ २३ गते, शनिबार १०:२६

२३ जेठ २०८३ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाएको छ। विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा छ।

बागमती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ। यता मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिनको अवस्था रहने सम्भावना रहेको छ।

Kamana Sewa

आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। नागरिकलाई चट्याङ तथा वर्षाजन्य जोखिमबाट सतर्क रहन विभागले आग्रह गरेको छ।

Classic Tech Desktop

प्रतिकृया