• २१ जेठ २०८३, बिहीबार
  • ५:४२ बेलुका

शेयर बजारमा पुनः गिरावट, नेप्से १३.४६ अंकले घट्यो

प्रकाशित मिति

२०८३ जेष्ठ २१ गते, बिहीबार ०३:१४

२१ जेठ २०८३ काठमाडौं – हिजो सकारात्मक देखिएको नेपाली शेयर बजार आज पुनः ओरालो लागेको छ। अर्थमन्त्रीको नीतिगत स्पष्टताप्रति लगानीकर्ताहरू पूर्ण रूपमा विश्वस्त हुन नसक्दा बजारमा दबाब देखिएको विश्लेषण गरिएको छ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.४६ अंकले घटेर २ हजार ७६६.७८ विन्दुमा कायम भएको छ। आज ३५३ वटा सूचीकृत कम्पनीहरूको शेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार अवधिमा १ करोडभन्दा बढी कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

Kamana Sewa

बजारमा म्युचुअल फण्ड समूह बाहेक सबै उपसूचकहरू राताम्मे बनेका छन्। अधिकांश क्षेत्रका लगानीकर्ताले नाफा सुरक्षित गर्न बिक्री दबाब बढाउँदा समग्र बजार घटेको देखिएको छ।

Classic Tech Desktop

प्रतिकृया