• ४ साउन २०८३, सोमबार
  • ३:२६ बिहान

आजको मौसम: पहाडी क्षेत्रमा वर्षा, तराईमा गर्मी बढ्ने

प्रकाशित मिति

२०८३ जेष्ठ ५ गते, मंगलवार ०९:१४

५ जेठ २०८३ काठमाडौं-  जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । विभागका अनुसार अहिले कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ ।

Kamana Sewa

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य पहाडी भू-भागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

Classic Tech Desktop

यस्तै मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यसैबीच, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तातो दिनको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका केही स्थान तथा मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिकृया