• ४ साउन २०८३, सोमबार
  • ३:४६ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ बैशाख १९ गते, शनिबार ०७:५६

१९ बैशाख २०८३ काठमाडौं- हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्र सक्रिय हुँदा देशभर मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ। आज राति पनि देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्हरूले वर्षा र चट्याङका कारण हुनसक्ने जोखिमबाट बच्न सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

Kamana Sewa

प्रतिकृया