• २१ भदौ २०८३, आइतबार
  • ११ः०५ राती

९ महिनामा बीमा प्राधिकरणमा १२० उजुरी दर्ता

प्रकाशित मिति

२०८३ बैशाख १७ गते, बिहीबार ०२:०१

१७ बैशाख २०८३ काठमाडौं- बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी विवादका निवेदन तथा उजुरीहरूको फछ्र्यौट कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ। प्राधिकरणमा नेतृत्व नियुक्तिमा ढिलाइ भए पनि रोकिएका तथा पेन्डिङमा रहेका मुद्दाहरू शीघ्र समाधान गर्ने गरी सक्रियता बढाइएको हो।

National Life

प्राधिकरणले प्रकाशित गरेको “बीमा प्रतिबिम्ब” अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कुल १२० वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये केन्द्रीय कार्यालयमा ८६ वटा र प्रदेश कार्यालयमा ३४ वटा मुद्दा दर्ता भएका हुन्। यससँगै गत आर्थिक वर्षका बाँकी ३९४ मुद्दा जोड्दा हाल कुल ५१४ वटा मुद्दा रहेको देखिएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा केन्द्रीय कार्यालयमा १४४ वटा र प्रदेश कार्यालयमा ९१ वटा गरी २३५ वटा मुद्दा दर्ता भएका थिए। त्यस्तै, अघिल्लो आर्थिक वर्षका २८७ मुद्दा र पुनरावेदनबाट आएका ३ मुद्दासहित कुल ५२५ वटा मुद्दा दर्ता भएका थिए।

Classic Tech Desktop

उजुरी फछ्र्यौटतर्फ, चालु आर्थिक वर्षको चैत मसान्तसम्म प्राधिकरणले ८५ वटा मुद्दामा फैसला गरेको छ भने ३३ वटा मुद्दा सहमतिबाट समाधान गरिएको छ। यसरी कुल ११८ वटा उजुरी फछ्र्यौट भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ८५ वटा उजुरीमा फैसला र ४६ वटा मुद्दामा सहमति गरी कुल १३१ वटा मुद्दा फछ्र्यौट गरिएको थियो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांकअनुसार हाल ३९६ वटा उजुरी फछ्र्यौट हुन बाँकी रहेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ३९४ वटा मुद्दा बाँकी रहेको थियो।

प्रतिकृया