सरकारलाई प्रतिपक्षी दलहरूको नौ बुँदे ध्यानाकर्षण
प्रकाशित मिति
२०८३ बैशाख १७ गते, बिहीबार ०१:२८
१७ बैशाख २०८३ काठमाडौं- प्रतिपक्षी दलहरूले सरकारसमक्ष विभिन्न नौ बुँदे माग राख्दै संयुक्त रूपमा ध्यानाकर्षण गराएका छन्। आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतकहरूको संयुक्त बैठकले मुलुकको पछिल्लो राजनीतिक तथा सामाजिक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएको हो।

बैठकमा नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक वासना थापा र नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालको सहभागिता रहेको थियो। बैठकले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा रहेका सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरूलाई उचित विकल्प र पहिचानबिना हटाउने प्रयासप्रति आपत्ति जनाएको छ। नागरिकको आवासको हक सुनिश्चित गर्दै सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।
प्रतिपक्षी दलहरूले उठाएका नौ बुँदे मागहरूमा सुशासन, नागरिक अधिकार संरक्षण, विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउने लगायत विषय समेटिएको जनाइएको छ।

सरकारले भने यी मागहरूबारे औपचारिक प्रतिक्रिया दिन बाँकी रहेको छ।





प्रतिकृया