त्रिभुवन विश्वविद्यालयका पदाधिकारी राजीनामाको तयारीमा
प्रकाशित मिति
२०८३ बैशाख १७ गते, बिहीबार ०१:१८
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पदाधिकारीहरूले राजीनामा दिने तयारी गरेका छन्। विश्वविद्यालय स्रोतका अनुसार सरकारले राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूलाई पदमुक्त गर्ने व्यवस्था समेटिएको अध्यादेश ल्याएपछि यो कदमको तयारी भएको हो।
त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्यालका अनुसार हाल यस विषयमा आन्तरिक छलफल भइरहेको छ। “हामी सल्लाह गर्दै छौँ, निर्णय गरिसकेका छैनौँ,” उनले बताए। विश्वविद्यालय स्रोतका अनुसार उपकुलपति अर्यालसँगै शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले पनि राजीनामाको तयारी गरिरहेका छन्।

यस्तै, विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन शाहलाई समेत राजीनामाको विषयमा तयारी भइरहेको चर्चा छ।

सरकारले सिफारिस गरेको उक्त अध्यादेश हाल राष्ट्रपतिरामचन्द्र पौडेलले अध्ययन गरिरहेका छन्। अध्यादेश लागू हुने वा नहुने विषय टुंगिएपछि विश्वविद्यालय नेतृत्वमा औपचारिक निर्णय हुने अपेक्षा गरिएको छ।




प्रतिकृया