• २१ भदौ २०८३, आइतबार
  • १०ः१६ राती

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको सामूहिक राजीनामा

प्रकाशित मिति

२०८३ बैशाख १७ गते, बिहीबार ०२:२२

१७ बैशाख २०८३ काठमाडौं- त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिष्ट्रार केदारप्रसाद रिजालले रास्वपा नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले पदबाट राजीनामा दिएका हुन्।

National Life

हालै सिफारिस गरिएको अध्यादेशमा विश्वविद्यालयका पदाधिकारी हटाउन सक्ने प्रावधान राखिएको तथा सत्तारुढ दलका केही नेताहरूको अभिव्यक्ति पनि सोही दिशामा देखिएपछि पदाधिकारीहरूले बिहीबार कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएका हुन्।

केसी र रिजाल पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा मेरिटका आधारमा नियुक्त भएका थिए भने अर्याल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मेरिटकै आधारमा नियुक्त भएका थिए। पदाधिकारीहरूको सामूहिक राजीनामासँगै विश्वविद्यालयको आगामी नेतृत्व र प्रशासनिक प्रक्रिया कसरी अगाडि बढ्ने भन्ने विषयमा चासो बढेको छ।

Classic Tech Desktop

प्रतिकृया