• २ असोज २०८३, शुक्रबार
  • ३ः०८ दिउँसो

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु

प्रकाशित मिति

२०८२ फाल्गुन ११ गते, सोमबार ११:१०

११ फाल्गुन, २०८२  काठमाडौं –  पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले बिहान ९:४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरेको हो।

National Life

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार अर्को सूचना नभएसम्म सर्वसाधारणको आवतजावत तथा भेला हुन पूर्ण प्रतिबन्ध लगाइएको छ। प्रशासनले कर्फ्यु लागू हुने क्षेत्रको चार किल्ला पनि तोकेको छ। जसअनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा नेपाल–भारत सीमा नजिकैको शङ्कराचार्य गेटभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लागू हुनेछ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जुलुस, सभा–सम्मेलन, बैठक, घेराउ लगायतका गतिविधि पूर्णरूपमा निषेध गरिएको छ। यद्यपि, प्रशासनले अत्यावश्यक सेवामा भने सहजीकरण गर्ने जनाएको छ। एम्बुलेन्स, दमकल, शव वाहन तथा स्वास्थ्यकर्मीका सवारी साधन निर्वाध सञ्चालन हुनेछन्। सञ्चारकर्मी, पूर्वनिर्धारित परीक्षामा सहभागी परीक्षार्थी, पर्यटक तथा कूटनीतिक नियोगका सवारी साधनलाई समेत सुरक्षाकर्मीले सहजीकरण गर्ने बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

हवाई टिकट भएका यात्रुहरूको आवागमनमा अवरोध नहुने गरी व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।

प्रतिकृया