• ४ असोज २०८३, आइतबार
  • ५ः१३ बिहान

देशभर सडक दुर्घटना बढ्दो, १८ दिनमै ४४ भन्दा बढीको मृत्यु

प्रकाशित मिति

२०८२ फाल्गुन ११ गते, सोमबार ११:४५

११ फाल्गुन, २०८२  काठमाडौं –  पछिल्ला १८ दिनको अवधिमा देशका विभिन्न स्थानमा भएका तीन ठूला सवारी दुर्घटनामा ४४ भन्दा बढीले ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएका छन्। लगातारका घटनाले सडक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

National Life

फागुन ११ गते धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडामा पृथ्वी यातायात व्यवसायी समितिको ग १ ख १४२१ नम्बरको बस त्रिशूली नदी किनारमा खस्दा १९ जनाको मृत्यु भयो। पोखराबाट काठमाडौँ आउँदै गरेको बस गएराति करिब १ बजे दुर्घटनामा परेको थियो।

यसअघि माघ २२ गते बैतडीको पुर्चौडी–७ बडगाउँमा भएको जन्ती बस दुर्घटनामा १३ जनाको ज्यान गएको थियो। त्यस्तै, माघ २७ गते रामेछापको त्रिवेणीघाटमा भएको बस दुर्घटनामा १२ जनाले ज्यान गुमाएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया