• ५ असोज २०८३, सोमबार
  • ११ः०८ बिहान

झापा–५ मा बालेन्द्र शाहद्वारा वाचापत्र सार्वजनिक (पूर्णपाठ)

प्रकाशित मिति

२०८२ फाल्गुन ११ गते, सोमबार ११:५७

११ फाल्गुन, २०८२  काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाहले सोमबार आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्।

National Life

रास्वपाका वरिष्ठ नेता शाहले ‘बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा सशक्त रूपमा उभिने’ मुख्य संकल्प व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्। उनले राजनीति सेवामूलक बनाउने र जनताको विश्वासलाई परिणाममा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।

शिक्षातर्फ विद्यालय छाड्ने दर शून्यमा झार्न ‘स्कुल रिटेन्सन प्रोग्राम’ लागू गर्ने, सामुदायिक विद्यालयमा स्मार्ट कक्षा र प्रयोगशाला स्थापना गर्ने योजना अघि सारिएको छ। स्वास्थ्य क्षेत्रमा विपन्न परिवारलाई निःशुल्क उपचारको ग्यारेन्टी, दमक अस्पताललाई ३०० शय्यामा स्तरोन्नति गर्ने तथा ‘घर–घर स्वास्थ्य सेवा’ कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कृषितर्फ ‘कन्काई–रतुवा सिँचाइ योजना’ विस्तार र ‘एक पालिका, एक शीत भण्डार’ अवधारणा ल्याउने उल्लेख छ। पूर्वाधार विकासअन्तर्गत दमक–रवि–चिसापानी सडक सम्पन्न गर्ने, हुलाकी सडक तथा पुलहरूको समयमै निर्माण गर्ने र दमकलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ।

महिला उद्यमीका लागि सहुलियत ऋण, सेफ हाउस व्यवस्था तथा युवालाई सीपमूलक तालिममार्फत स्वरोजगार सिर्जना गर्ने लक्ष्य पनि वाचापत्रमा समेटिएको छ। भूमिहीन तथा सुकुमवासी समस्या समाधानका लागि कानुनी पहल गर्ने प्रतिबद्धता जनाउँदै शाहले मतदातासँग सहयोगको अपिल गरेका छन्।

प्रतिकृया