• २ असोज २०८३, शुक्रबार
  • ३ः१५ दिउँसो

रास्वपाले निर्वाचन लक्षित पहिलो चुनावी सभा धनगढीबाट आयोजना गर्ने

प्रकाशित मिति

२०८२ माघ २८ गते, बुधबार ०६:०१

२८ माघ,२०८२ कैलाली — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचन लक्षित आफ्नो पहिलो चुनावी सभा सुदूरपश्चिमको धनगढीबाट गर्ने तयारी गरेको छ।

National Life

पार्टी प्रवक्ता प्रतिभा रावलका अनुसार फागुन ६ गते धनगढीको पशुपति टोलमा बृहत् सभा आयोजना गरिने छ। सभामा पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्याल उपस्थित हुने जनाइएको छ।

यसअघि बालेन्द्र शाहको रास्वपा प्रवेशपछि मधेस प्रदेशको जनकपुरमा बृहत् सभा गरिएको थियो। तर पार्टीले यसपटक निर्वाचन लक्षित पहिलो सभा सुदूरपश्चिमबाट सुरु गर्ने योजना बनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया