• ४ साउन २०८३, सोमबार
  • ७:४३ बेलुका

प्रचण्डको दाबी : निर्वाचनको माहोल नेकपातर्फ बढ्दै, चार दलबीच कडा प्रतिस्पर्धा हुने

प्रकाशित मिति

२०८२ माघ २८ गते, बुधबार ०५:५८

२८ माघ,२०८२ पोखरा — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको दाबी गरेका छन्। बुधबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विपक्षी दल, बुद्धिजीवी र पत्रकारहरूले समेत नेकपाको अवस्था अपेक्षाभन्दा राम्रो बन्दै गएको निष्कर्ष निकाल्न थालेको जिकिर गरे।

पहिले कम सिट आउने आकलन गर्नेहरू पनि अहिले नेकपा प्रतिस्पर्धामा आएको स्वीकार गर्न थालेको उनले बताए। प्रचण्डले प्रत्यक्षतर्फको निर्वाचनमा पार्टीले राम्रो नतिजा ल्याउने संकेत देखिएको उल्लेख गर्दै नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा प्रचार अभियानमा जुट्न निर्देशन दिए। उनले नयाँ भनिएका दलले केही क्षेत्रमा माहोल बनाए पनि पुराना आधार क्षेत्रमा प्रभाव जमाउन नसकेको दाबी गरे।

Kamana Sewa

उनका अनुसार आगामी निर्वाचनमा नेकपा, नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीबीच कडा प्रतिस्पर्धा हुने अवस्था देखिएको छ। आगामी केही दिनमा नेकपा अझै अगाडि बढ्ने वातावरण बन्ने विश्वास पनि उनले व्यक्त गरे।

Classic Tech Desktop

प्रतिकृया