• ३१ भदौ २०८३, बुधबार
  • ७ः०४ बेलुका

एसईई परीक्षा चैत १९ देखि २९ सम्म हुने

प्रकाशित मिति

२०८२ माघ ७ गते, बुधबार ०७:३६

७ माघ,२०८२ काठमाडौं – कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। शैक्षिक क्यालेन्डरअनुसार परीक्षा पहिलो साता नै गर्ने तयारी रहे पनि निर्वाचनका कारण मिति सरेको हो।

National Life

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार निर्वाचनका कारण उत्पन्न अवस्थालाई ध्यानमा राख्दै परीक्षा चैत १९ गतेदेखि सुरु गर्ने निर्णय गरिएको हो। उनका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी अघि बढाइएको छ।

देशभरका परीक्षा केन्द्रमा तोकिएको तालिकाअनुसार परीक्षा सञ्चालन गरिने परीक्षा बोर्डले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया