सुरक्षित नेपालका लागि सबैको साझा प्रयास आवश्यक:गृह मन्त्री अर्याल
प्रकाशित मिति
२०८२ पुष १८ गते, शुक्रबार ०१:१४
१८ पुस,२०८२ काठमाडौं — गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह समितिको बैठकमा भनेका छन् कि विपद् जोखिम न्यूनीकरणका लागि कानुनी र संरचनागत व्यवस्थापन मात्र पर्याप्त नहुने भएकाले यसको प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य चुनौती हो।

मन्त्री अर्यालले कार्यक्रमहरू भाषणमुखी नभई व्यवहार परिवर्तनमा केन्द्रित हुनुपर्ने, विद्यालय, अस्पताल, उद्योग र समुदायसम्म भूकम्प सुरक्षा प्रवर्द्धन गर्नुपर्ने बताएका छन्। उनले स्थानीय तहको सक्रिय सहभागिता र भवन संहिता कार्यान्वयनमा कडाइ आवश्यक रहेको पनि जोड दिएका छन्।
बैठकले यस वर्षको मूल नारा “सबै तहको सरकार, सबै नागरिकको तयारी: भूकम्प उत्थानशील नेपाल अवको जिम्मेवारी” तय गरेको छ भने २ माघको समारोहमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रमुख अतिथि आमन्त्रण गर्ने प्रस्ताव पारित गरिएको छ।

Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया