• २१ भदौ २०८३, आइतबार
  • ११ः४५ राती

सुरक्षित नेपालका लागि सबैको साझा प्रयास आवश्यक:गृह मन्त्री अर्याल

प्रकाशित मिति

२०८२ पुष १८ गते, शुक्रबार ०१:१४

१८ पुस,२०८२ काठमाडौं — गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह समितिको बैठकमा भनेका छन् कि विपद् जोखिम न्यूनीकरणका लागि कानुनी र संरचनागत व्यवस्थापन मात्र पर्याप्त नहुने भएकाले यसको प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य चुनौती हो।

National Life

मन्त्री अर्यालले कार्यक्रमहरू भाषणमुखी नभई व्यवहार परिवर्तनमा केन्द्रित हुनुपर्ने, विद्यालय, अस्पताल, उद्योग र समुदायसम्म भूकम्प सुरक्षा प्रवर्द्धन गर्नुपर्ने बताएका छन्। उनले स्थानीय तहको सक्रिय सहभागिता र भवन संहिता कार्यान्वयनमा कडाइ आवश्यक रहेको पनि जोड दिएका छन्।

बैठकले यस वर्षको मूल नारा “सबै तहको सरकार, सबै नागरिकको तयारी: भूकम्प उत्थानशील नेपाल अवको जिम्मेवारी” तय गरेको छ भने २ माघको समारोहमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रमुख अतिथि आमन्त्रण गर्ने प्रस्ताव पारित गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया