• २१ भदौ २०८३, आइतबार
  • १२ः२८ राती

चेतावनीपछि देउवा–प्रचण्डले जाँचबुझ आयोगको म्याद बुझे

प्रकाशित मिति

२०८२ पुष १८ गते, शुक्रबार ०२:५१

काठमाडौँ — जेनजी आन्दोलनका क्रममा भएको दमन र विध्वंसबारे छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद बुझ्न अस्वीकार गरेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक सूचना प्रकाशित गर्ने चेतावनीपछि अन्ततः पत्र बुझेका छन्।

National Life

आयोगले धारणा बुझ्नका लागि पत्र पठाएको भए पनि दुवै नेताले आफू आन्दोलनका बेला सत्तामा नरहेको र पीडितसमेत भएको भन्दै सुरुमा म्याद स्वीकार गरेका थिएनन्। आयोगले पत्र नबुझे सार्वजनिक सूचना निकाल्ने र असहयोगको विवरण प्रतिवेदनमा समावेश गर्ने चेतावनी दिएपछि दुवैजनाले केही घण्टाको फरकमा म्याद बुझेका हुन्।

हालसम्म आयोगमा उपस्थित हुने वा लिखित जवाफ पठाउने भन्ने विषयमा कुनै निर्णय भइसकेको छैन।

Classic Tech Desktop

प्रतिकृया