• २९ भदौ २०८३, सोमबार
  • १ः५१ दिउँसो

सोलु हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ मंसिर १० गते, बुधबार १०:२७

मंसिर १०, २०८२ काठमाडौं – सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। मंसिर ७ गतेदेखि निष्कासन गरिरहेको प्रथम चरणको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज अन्तिम दिन हो।

National Life

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट कात्तिक २४ गते अनुमति पाएको हो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीलाई १० लाख कित्ता आईपीओ निष्कासन गरेको हो।

आयोजना प्रभावितलाई छुट्याइएको १ करोड कित्तामध्ये आयोजना अति प्रभावित क्षेत्र (सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ७ र ११ र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १) का बासिन्दालाई ४० लाख कित्ता र प्रभावित क्षेत्र (अति प्रभावित बाहेक सालु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको अन्य वडाहरू) का बासिन्दालाई ६० लाख कित्ता छुट्याइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

पहिलो चरणको आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर १० गतेभित्र र आयोजना प्रभावितले मंसिर २१ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ। तर मागबमोजिम आवेदन नपरेमा आयोजना प्रभावितको पुस ७ गतेसम्म लम्बिन सक्नेछ।

स्थानिय बासिन्दाले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गलाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी इस्यूअर रेटिङ्ग’ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्।

प्रतिकृया