त्रिभुवन विश्वविद्यालयको सभा आज, नीति तथा कार्यक्रम पेस हुँदै
प्रकाशित मिति
२०८२ मंसिर १० गते, बुधबार १०:१७
मंसिर १०, २०८२ काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सभा आज (मंसिर ११) प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा बस्दै छ। सभामा त्रिविको रोकिएको नीति तथा कार्यक्रम पेस गरिने भएको छ।
गत २६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम रोकेर केवल बजेट मात्रै प्रस्तुत गर्न निर्देशन दिएका थिए। त्यसपछि रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २८ अर्ब १२ करोड ५७ लाख २१ हजार रुपैयाँको बजेट पेश गरेका थिए।
तर आजको सभामा भने नीति तथा कार्यक्रम पनि पेस गरिने त्रिविका उपकुलपति दीपक अर्यालले जानकारी दिए। “आज नीति तथा कार्यक्रम सभामा पेस हुन्छ,” उनले बताएका छन्।
त्रिविको सभा बिहान ११ बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री बनेपछि सुशीला कार्कीले पहिलो पटक त्रिवि सभाको अध्यक्षता गर्दैछिन्, जसले आजको बैठकलाई थप महत्वपूर्ण बनाएको छ।






प्रतिकृया