• २० असोज २०८३, मंगलबार
  • ११ः०६ बिहान

पाँच एसएसपी डीआईजीमा बढुवा, पदस्थापन पनि सम्पन्न

प्रकाशित मिति

२०८२ कार्तिक १७ गते, सोमबार ०५:४५

कात्तिक  १७, २०८२ काठमाडौं— नेपाल प्रहरीका पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार एसएसपी भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले डीआईजीमा बढुवा भएका हुन्।

National Life

गृह मन्त्रालयका अनुसार बढुवा भएका डीआईजीहरूलाई सोमबार (कात्तिक १७ गते) नै पदस्थापन गरिएको छ। डीआईजी खत्रीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), भट्टराईलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग, अधिकारीलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी, खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र काफ्लेलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको हो।

उनीहरू कार्तिक ९ गते बढुवाका लागि सिफारिस भएका थिए। बढुवाको सूचीमा पहिलो स्थानमा रहेका एसएसपी विश्व अधिकारी भने यसपटक बढुवा सूचीबाट बाहिर परेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया