• २० असोज २०८३, मंगलबार
  • ११ः०६ बिहान

जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सरकारद्वारा शहीद घोषणा

प्रकाशित मिति

२०८२ कार्तिक १७ गते, सोमबार ०५:३९

कात्तिक  १७, २०८२ काठमाडौं— सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ। राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका मागसहित भदौ २३ र २४ गते देशभर चलेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ती व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गरिएको हो।

National Life

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार गृह मन्त्रालय अन्तर्गतको समिति, सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयबाट प्राप्त प्रतिवेदनका आधारमा ती ४५ जनालाई शहीदको सूचीमा समावेश गरिएको हो। “अध्ययनपछि ४५ जनालाई शहीद घोषणा गरिएको छ। अन्य थपको बारेमा हाललाई कुनै अध्ययन भइरहेको छैन,” मन्त्री खरेलले जानकारी दिए।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णय अनुसार ती शहीदहरूको नाम राजपत्रमा प्रकाशित गरिने बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया