• २० असोज २०८३, मंगलबार
  • ११ः०६ बिहान

शेयर बजारमा सामान्य करेक्सन, नेप्से २६२२.८९ बिन्दुमा

प्रकाशित मिति

२०८२ कार्तिक १७ गते, सोमबार ०३:२०

कात्तिक  १७, २०८२ काठमाडौं— दुई दिनको सुधारपछि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२४ अंकले घटेर २६२२.८९ बिन्दुमा कायम भएको छ। आज ३३३ कम्पनीको १ करोड २१ लाख ८५ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ।

National Life

बजारमा केही कम्पनीको शेयर मूल्यमा वृद्धि भए पनि वाणिज्य बैंक, फाइनान्स, हाइड्रोपावर र इन्भेष्टमेन्ट समूहका शेयरमा सामान्य गिरावट देखिएको छ। आज ७२ कम्पनीको शेयर मूल्यमा सुधार आएको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ।

लगानीकर्ताले यस घटबढलाई सामान्य करेक्सनको रूपमा लिएका छन्। राजनीतिक अस्थिरता र आगामी निर्वाचनमा अन्यौलका कारण जोखिम कम गर्ने प्रवृत्ति बढेको छ। यद्यपि, राष्ट्र बैंकको सुधारात्मक नीति, ब्याजदरमा गिरावट र पर्व चहलपहलले बजारमा सकारात्मक मनोबल थपेको विश्लेषकहरूले बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

आज शिवम सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ।

प्रतिकृया