प्रचण्ड र माधव नेपालबीच आज किन हुदै छ भेटवार्ता ?
प्रकाशित मिति
२०८२ कार्तिक १६ गते, आईतवार ०२:५१
कात्तिक १६, २०८२ काठमाडौं— नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता हुँदैछ। यी दुई दलबीच पार्टी एकता गर्ने निर्णय पक्का भएपछि वरीयता र संगठनात्मक संयोजन सम्बन्धी विषयमा छलफल गर्न लागिएको माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन्।
उनका अनुसार, “संभवतः छलफल पेरिसडाँडामा नै हुनेछ र दुवै नेताबीच वरीयतालगायत महत्वपूर्ण विषयमा कुराकानी हुनेछ।” हालै सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो। त्यसपछि दल दर्ता, संगठनात्मक ढाँचा र नेतृत्व संयोजन टुंगो लगाउने गृहकार्य तीव्र पारिएको छ।
तर, एकताको गृहकार्य पर्याप्त नपुगेको भन्दै दुवै पार्टीका केही नेता असन्तुष्ट र असन्तोष व्यक्त गरिरहेका छन्।








प्रतिकृया