कांग्रेस युवा कार्यकर्ताद्वारा सानेपास्थित पार्टी कार्यालयमा किन लगाए तालाबन्दी
प्रकाशित मिति
२०८२ कार्तिक १६ गते, आईतवार ०२:४४
कात्तिक १६, २०८२ काठमाडौं— नियमित महाधिवेशनको मिति सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसका युवा कार्यकर्ताले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरूले पार्टीको मूल गेटमा तालाबन्दी गर्दै प्रदर्शन समेत गरेका हुन्।
युवाहरूले महाधिवेशनमा युवा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग राखेका छन्। पार्टी लामो समयदेखि अनिर्णयको बन्दी बनेको भन्दै छिटो निर्णय गर्न दबाब दिन उनीहरूले तालाबन्दीको कदम चालेका हुन्। कांग्रेसको केन्द्रीय समितिको बैठक २८ असोजदेखि सुरु भए पनि पटक–पटक स्थगित हुँदै आएको छ। शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी आजका लागि सारिएको थियो, तर आजको बैठक पनि नबसी पुनः मंगलबारका लागि सारिएको छ।
केन्द्रीय समितिको बैठक फेरि स्थगित गरिएपछि कार्यालयमा तालाबन्दी गरिएको विरोधमा सहभागी विद्यार्थी नेता भुवन भट्टले जानकारी दिए। तालाबन्दी र प्रदर्शनमा सहभागी भएका युवाहरू कार्यवाहक सभापति पूर्णबहादुर खड्का निकटका रहेका छन्।








प्रतिकृया