• २० असोज २०८३, मंगलबार
  • ११ः५९ बिहान

रास्वपाले किन गर्दै छ बृहत् राजनीतिक संवाद ?

प्रकाशित मिति

२०८२ कार्तिक १२ गते, बुधबार १०:५७

कात्तिक १२, २०८२ काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १४ गते बृहत् राजनीतिक संवाद आयोजना गर्ने निर्णय गरेको छ। मंगलबार बसेको सचिवालय बैठकपछि महामन्त्री कवीन्द्र बुर्लाकोटीले उक्त जानकारी दिएका हुन्।

National Life

जेन–जी पुस्ताको सक्रिय हस्तक्षेपपछि बनेको नयाँ राजनीतिक परिवेशमा उपलब्धि दिगो बनाउन र समान सोच भएका समूहबीच सहकार्य बढाउने उद्देश्यले रास्वपाले यो पहल गर्न लागेको हो। संवाद कार्यक्रमको संयोजन पार्टीका उपसभापति तथा उच्चस्तरीय संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेले गर्ने बताइएको छ।

प्रतिकृया