• २० असोज २०८३, मंगलबार
  • ११ः५७ बिहान

सिन्धुलीमा कार दुर्घटना: श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते

प्रकाशित मिति

२०८२ कार्तिक ११ गते, मंगलवार ०३:१९

कात्तिक ११, २०८२ काठमाडौं—  बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–६ चैनपुरमा मंगलबार बिहान कार दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई करिब ४२ फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोरङ विराटनगर–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको हो।

National Life

उनी आफैं कार चालक थिए। कारमा सवार उनकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएका छन्। प्रहरीका अनुसार सुनिताको अवस्था गम्भीर छ भने निशान्तको अवस्था मध्यम छ।

घाइतेहरूलाई प्रारम्भिक उपचारपछि धुलिखेल अस्पताल रेफर गरिएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया