• २० असोज २०८३, मंगलबार
  • ११ः५७ बिहान

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालको राजीनामा

प्रकाशित मिति

२०८२ कार्तिक ११ गते, मंगलवार ०३:४८

कात्तिक ११, २०८२ काठमाडौं— राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपतिको कार्यालयका अनुसार उनले सचिवको पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम आज (मंगलबार) देखि लागू हुनेगरी राजीनामा दिएका हुन्।

National Life

राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “डा. सुरेन्द्र अर्यालले सेवा र शर्त सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२/०७/११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनु भएको छ।”
यससँगै डा. अर्यालको कार्यकाल आजैदेखि औपचारिक रूपमा समाप्त भएको छ। राष्ट्रपति कार्यालयले उनीद्वारा पेश गरिएको राजीनामा स्वीकृत भएको जनाएको छ।

प्रतिकृया