• २ असोज २०८३, शुक्रबार
  • २ः४६ दिउँसो

आज भाइटिका : दिदीबहिनी र दाजुभाइबीचको स्नेह र शुभकामनाको पावन पर्व

प्रकाशित मिति

२०८२ कार्तिक ६ गते, बिहीबार १०:०६

कात्तिक ६, २०८२ काठमाडौं— आज नेपालभर दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै भाइटिका पर्व मनाउँदै छन्। पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइने यो पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, स्नेह र पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने मान्यता छ।

National Life

दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि दाजुभाइहरूले पनि दिदीबहिनीलाई टीका लगाएर सम्मान र प्रेम व्यक्त गर्ने चलन छ। शास्त्रीय मान्यता अनुसार, दिदीबहिनीले पूजा गरेपछि अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ।

यसवर्ष भाइटिका लगाउने शुभ साइत बिहान ११ः३९ बजेको अभिजित् मुहूर्त उत्तम रहेको ज्योतिष समितिले जनाएको छ। यद्यपि, टीका दिनभर लगाउन कुनै बाधा छैन। समितिका अनुसार यस वर्ष टीका लगाइदिनेले पूर्वतर्फ र लगाइनेले पश्चिमतर्फ फर्कनुपर्ने हुन्छ। यसरी गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्छन्, जुन शुभकर्मका लागि अनुकूल मानिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

टीका लगाइदिएपछि दिदीबहिनीहरूले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटी लगायतका परिकार अर्पण गर्छन् भने दाजुभाइहरूले पनि दिदीबहिनीलाई गच्छेअनुसार कपडा, दक्षिणा र सौभाग्यका प्रतीक सामग्री प्रदान गरी सम्मान र स्नेह व्यक्त गर्छन्।

भाइटिका, दाजुभाइ र दिदीबहिनीबीचको माया, विश्वास र पारिवारिक एकताको प्रतीकको रूपमा मनाइन्छ, जसले नेपाली समाजमा सम्बन्ध र संस्कृतिको सुन्दर चित्र प्रस्तुत गर्छ।

प्रतिकृया