• २ असोज २०८३, शुक्रबार
  • २ः४० राती

आज मात्र खुल्ने रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भक्तजनको भीड

प्रकाशित मिति

२०८२ कार्तिक ६ गते, बिहीबार १०:१६

कात्तिक ६, २०८२ काठमाडौं— प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया, अर्थात् भाइटीकाको दिनमात्र खुल्ने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि भक्तजनका लागि खुल्ने भएको छ। काठमाडौँ महानगरपालिकाका अनुसार मन्दिर खुलाउने सम्पूर्ण तयारी पूरा गरिएको छ र भक्तजनले आज बिहानदेखि बेलुकीसम्म पूजा–आराधना र दर्शन गर्न सक्नेछन्।

National Life

बालगोपालेश्वर मन्दिर वर्षमा एक दिन मात्रै खुल्ने भएकाले यो दिन भक्तजनका लागि विशेष अवसरका रूपमा रहँदै आएको छ। विशेषगरी दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइहरू यस मन्दिरमा आएर पूजा आराधना गरी टीका लगाउने धार्मिक परम्परा रहँदै आएको छ।

वि.सं. २०७२ वैशाख १२ गतेको महाभूकम्पका कारण मन्दिर क्षतिग्रस्त भएपछि त्यसै वर्षदेखि केही समयसम्म मन्दिर बन्द गरिएको थियो। पुनःनिर्माण कार्य सम्पन्न भएपछि मन्दिर वि.सं. २०७७ देखि पुनः खुला गरिँदै आइरहेको काठमाडौँ महानगरले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

भक्तजनका सुविधाका लागि महानगरले सुरक्षादल, सरसफाइ टोली र स्वेच्छिक स्वयंसेवक परिचालन गरेको छ। आजको दिनमा भाइटीकाको धार्मिक र सांस्कृतिक महत्वसँगै बालगोपालेश्वर मन्दिरको दर्शन गर्न काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट भक्तजन आउने क्रम जारी छ।

प्रतिकृया