• २० असोज २०८३, मंगलबार
  • १२ः४४ दिउँसो

धरानका मेयर हर्क साम्पाङले गरे नयाँ पार्टीको सनाखत

प्रकाशित मिति

२०८२ कार्तिक २ गते, आईतवार ०४:१४

कात्तिक २,२०८२ काठमाडौं–धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आइतबार निर्वाचन आयोग पुगेर आफ्नै नयाँ राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ को दर्ता प्रक्रिया पूरा गरेका छन्। आयोगमा भौतिक रूपमा उपस्थित भएर उनले दल दर्ताको सनाखत गरेका हुन्।

National Life

गत असोजमा दल दर्ताका लागि निवेदन दिएका साम्पाङले आगामी निर्वाचनमा ‘माटो’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। उनले देशमा अप्ठ्यारो काम गर्न र प्रणाली परिवर्तन गर्न आफू राजनीतिमा लागेको जिकिर गरे।

“म देशलाई अघि बढाउन आएको हुँ,” साम्पाङले भने, “अब माटोबाटै नयाँ राजनीति सुरु हुनेछ।”

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया