• २० असोज २०८३, मंगलबार
  • १२ः४४ दिउँसो

अवस्था यस्तै रहे आफू फेरि प्रधानमन्त्री बन्ने सम्भावना: केपी शर्मा ओली

प्रकाशित मिति

२०८२ कार्तिक २ गते, आईतवार ०४:०३

कात्तिक २,२०८२ काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था यथावत् रहेमा आफू पुनः प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने दाबी गरेका छन्। आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनताले यस्तो अवस्था लामो समय सहन नसक्ने उल्लेख गरे।

National Life

“यस्तै हुँदै गयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ,” उनले भने, “जनताले यो कुरा सहँदैन नि त। अनि फेरि पनि यो अरुबाट नहुने रहेछ भनेर यस्तो अराजकता चल्छ भन्ने कुरा आउँछ।”

ओलीले हलमा उपस्थित सम्पादकहरूलाई सम्बोधन गर्दै अहिले त मेसो नपाए पनि चाँडै उनीहरू सम्पादकीय लेखमार्फत आफूलाई नै प्रधानमन्त्री बनाउनुपर्ने सन्देश दिन थालेको देख्ने दाबी गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया