• २० असोज २०८३, मंगलबार
  • ३ः१७ दिउँसो

सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा

प्रकाशित मिति

२०८२ आश्विन २२ गते, बुधबार ०३:००

असोज २२, २०८२ काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

National Life

घोषित लाभांशअनुसार ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहनेछ। बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदन पश्चात वितरण गरिनेछ।

सिद्धार्थ बैंक नेपालका ठूला निजी क्षेत्रका बैंकमध्ये एक हो, जसले नियमित रूपमा शेयरधनीहरूलाई आकर्षक लाभांश दिँदै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया