सीजीद्वारा जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारीको घोषणा
प्रकाशित मिति
२०८२ आश्विन २२ गते, बुधबार ०२:५२
असोज २२, २०८२ काठमाडौं– चौधरी ग्रुप (CG) ले जेनजी आन्दोलनमा सहिद भएका परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ। सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत् यो जानकारी दिँदै आन्दोलनका क्रममा आफ्ना निजी निवास, कार्यालय र उद्योगमा भएको क्षतिप्रति पीडा व्यक्त गरेका छन्।
चौधरीले लेखेका छन्:
Gen Z आन्दोलनका शहिदप्रति चौधरी ग्रुपको तर्फबाट हार्दिक श्रध्दाञ्जलि एवं परिवारजनप्रति गहिरो समवेदनाका साथ उच्च सम्मान ब्यक्त गर्दछौँ।
उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ।
यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेका छौँ। यस कठिन समयमा चौधरी ग्रुप शहिद परिवारप्रति उच्च सम्मान ब्यक्त गर्न निम्न अनुसारको प्रतिबद्धता व्यक्त गर्न चाहन्छ—
Gen Z आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ।
यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो।
हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सून्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ ।
हाम्रो टिमले समपुर्ण शहिद परिवारलाई सम्पर्क गर्दैछौं, यद्यपि यसका लागि यहाँहरूले चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन बिभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर 9851224000 मा सम्पर्क गर्नुहुन अनुरोध छ ।








प्रतिकृया