फागुन २१ गतेको निर्वाचनबारे छलफल गर्न आयोगले असोज ३० गतेका लागि बोलायो दलहरूलाई
प्रकाशित मिति
२०८२ आश्विन २२ गते, बुधबार ०२:३८
असोज २२, २०८२ काठमाडौं– आगामी फागुन २१ गतेका लागि प्रस्तावित प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल गर्न निर्वाचन आयोगले असोज ३० गतेका लागि प्रमुख राजनीतिक दलहरूलाई बैठकमा बोलाएको छ। आयोगकी आयुक्त डा। जानकीकुमारी तुलाधरका अनुसार आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा अघिल्लो निर्वाचनमा कम्तीमा एक वडा सदस्य विजयी गराएका दलहरूलाई छलफलमा आउन पत्राचार गरेको छ।
छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दलहरूलाई सहभागी हुन आमन्त्रण गरिएको आयोगले जनाएको छ। यद्यपि आयोगले असोज २० गते सार्वजनिक गरेको निर्वाचन कार्यतालिका आन्तरिक तयारीका लागि मात्र भएको र राजनीतिक दलहरूसँग छलफलपछि औपचारिक कार्यक्रम तय गरिने आयुक्त डा। तुलाधरले स्पष्ट पारिन्।
आयोगले निर्वाचनको वातावरण निर्माण र आवश्यक तयारीमा दलहरूको सहकार्य अपरिहार्य हुने भन्दै संवाद प्रक्रिया अघि बढाएको बताइएको छ।








प्रतिकृया